हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त
काठमाण्डौ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेदेखि लागू हुने गरी ३ वर्षका लागि हिमालयन क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । हिमालयन क्यापिटलसँग संस्थाको सेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौताको अवधि असार ३१ गते समाप्त...