सांग्रिला डेभलपमेन्ट बैंकको ५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकले एक सूचना जारी गर्दै गत मंसिर २४ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।