जापानको सेयर बजारले गर्यो उत्कृष्ठ पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार
काठमाण्डौ । अघिल्लो दिन व्यापक गिरावटको सामना गरेको जापानको सेयर बजारले उत्कृष्ठ पुनरागमन गरेको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ १० प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म निक्की२२५ इन्डेक्स २ हजार ९५७ अंकले बढेर ३४ हजार ४१६ विन्दुमा कारोबार भईरहेको छ । आज टोपिक्स पनि ८ प्रतिशतले बढेको छ । अघिल्लो दिन निक्की२२५ र टोपिक्स इन्डेक्समा १२ प्रतिशतको पहिरो गएको...