रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक सेयर संस्थापक सेयरधनीका लागि उक्त सेयरको खरिद आवेदन खुलाएको हो । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।