लगातार ४ दिन घट्यो सुनको मूल्य, अलटाइम हाईबाट ६ हजार ९ सयको गिरावट
काठमाण्डौ । चैत २२ गतेबाट घट्न थालको सुनको ओरालो यात्रा आजपनि कायम रहेको छ । मंगलबार घरेलु बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।