सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । सुनको मूल्य फेरि बढ्न सुरु गरेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । यो दिन सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको कारोबारमा भने सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ कायम थियो । सो दिन सुनको भाउ एक तोलामा २ सय रुपैयाँले घटेको थियो ।