निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज पनि घरेलु बजारमा सुनको मूल्यमा बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।