वित्त खर्च उल्लेख्य घट्दा हिमालयन उर्जा विकासको नाफा ३२९% ले बढ्यो
काठमाण्डौ । आम्दानी बढेसँगै र वित्त खर्च घटेसँगै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफामा बढोत्तरी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२९.०५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री...

