एनएमबि लघुवित्त घाटाबाट उम्कदै १.१८ करोड नाफा आर्जन गर्न सफल, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म घाटाबाट उम्कदै १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको थियो । यो अवधिमा संस्थाले १७ करोड ७२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६२.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो...