आइसीएफसी फाइनान्सको ६.५% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । आइसीएफसी फाइनान्स लिमिटेडले सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गरेको छ। कम्पनीले गत पुस २९ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट गत आवका लागि पारित ६.५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।