तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा कायम भएको छ । सूचीकृत ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.४६ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.०८ प्रतिशतले घटेको छ ।...