बिजशाला सर्वेक्षण-१: बहुसंख्यक लगानीकर्ता बुल सुरु भएकोमा ढुक्क !
काठमाण्डौ । सेयर बजारका आम लगानीकर्तामध्ये बहुसंख्यकले बुल सुरु भएको बताएका छन् । बिजशालाले सोमबार साँझ गुगलमार्फत गरेको एक सर्वेक्षणमा सहभागी लगानीकर्तामध्ये बहुसंख्यकले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा असली बुल सुरु भएको तर्कप्रति सहमति जनाएका हुन् ।