सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यमानी ९.५४५ जनाको भागमा पर्यो ११ कित्ता
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्था लिमीटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज कुमारी क्यापिटलको नागपोखरी स्थित कार्यालयमा कम्पनीको एफपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।