हिमालयन एभरेष्ट इन्स्योरेन्सको नगद लाभांश माघ २८ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरिने
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गतेदेखि नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत माघ २५ गते सम्पन्न ३० औँ वार्षिक साधारण सभाबाट गचत आर्थिक वर्ष २०७९/८० का लागि पारित ६.३७ प्रतिशत नगद लाभांश माघ २८ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न लागेको हो ।