१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
काठमाण्डौ । शुक्रबार सेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.३३ प्रतिशतले घटेको छ ।

