सामान्य अंकले बढ्यो नेप्से, यस कारण ३ हजार विन्दुमाथि टिक्न सकेन बजार
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ६.०१ अंकले बढेर २ हजार ९७४.४६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ५३३.८६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता...