नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८% को पहिरो, खराब कर्जा अनुपात १२.५८%
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य कमी आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.४८ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानीमा पनि घटेको छ । खुद...