नेप्सेमा सामान्य सुधार, ‘बजेटप्रति लगानीकर्ता आशावादी’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ५.६३ अंकले बढेर १ हजार ९६६.२३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले बढेर ३५०.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब...