सामान्य अंकले बढ्यो नेप्से, ‘ठूलो परिवर्तनका लागि नयाँ लगानी आवश्यक’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ८.२६ अंकले बढेर १ हजार ९७४.५० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ३५०.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५...