पोखरा फाइनान्सको सेयरमूल्यमा १०% को पहिरो, खेलाडीको पछि लाग्दा फस्दै सोझा लगानीकर्ता
काठमाण्डौ । आज पोखरा फाइनान्सको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सेयर बजारमा खेलाडीको पछाडी लाग्दा सोझा लगानीकर्ताको सम्पत्ति कसरी एकै झट्कामा गुम्छ भन्ने गतिलो उदाहरण बनेको छ पोखरा फाइनान्स । आजकै कारोबारमा केही समय पहिले ३ लाखभन्दा बढी खरिदकर्ता रहेको यस कम्पनीमा बजार घट्दै जाँदा सेयरमूल्य १० प्रतिशतले घटेर टीएमएसमा माग पक्ष शुन्य रहेको छ ।...