आइएमई लाइफ बाहेक सबै बीमा कम्पनीको सेयरमूल्य बढ्यो, सर्वाधिक कमाउने युनाइटेड अजोड
काठमाण्डौ । साताको पहिलो कारोबार सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १४।३३ अंकले बढेर १९८०.२७ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ब्यापार समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक चम्किएका छन् ।...