ट्रेड टावरले ३९ लाख कित्ता बढी आईपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति
काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति प्राप्त गरेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले चैत २५ गते आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । यससँगै अब कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्नेछ ।