सेयर बजारका तीन विश्लेषकको एउटै मत-"बुल यात्राका सबै आधार तयार भइसके, अब नेप्से दौडिन्छ!"
काठमाण्डौ । जेनजी आन्दोलपछि क्रमिक रुपमा घटेको सेयरबजार बढ्न थालेको छ । तिहारपछि ५ कारोबार दिनमा ४ दिन नेप्से बढेको छ भने एकदिन सामान्य मात्रै घट्न पुग्यो । जेनजी आन्दोलनका कारण लामो समयसम्म बन्द रहेको सेयरबजार खुलेको पहिलो दिन नै नेगेटिभ सर्किट लागेर बन्द भएको थियो । त्यसलगत्तै बजार घट्दै तल्लो विन्दुमा आइसकेको थियो । घट्दो बजारका कारण सेयर लगानीकर्ताहरुको आत्मविश्वास...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        