हिमालय उर्जाको हकप्रद सेयर बाँडफाँड, १४.४६ लाख कित्ता अवितरित
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड भदौ २५ गते गरेको हो । उक्त बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नाबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको हो ।