इन्फिनिटी लघुवित्तले राख्यो ७५.५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७५ हजार कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७५ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।