भिजिट भिसामा विदेश जान लागेका १०० जनाभन्दा बढी विमानस्थलबाट फिर्ता
काठमाण्डौ । भिजिट भिसाको नाममा मानव तस्करी तीव्र भएको प्रमाणहरु फेला परेपछि त्यसलाई रोक्न सक्रिय अध्यागमन विभागले १०० जनाभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाएको छ । भिजिट भिसामा कतार, दुबई, ओमान, बहराइन लगायतका देश जान लागेका १०० जनाभन्दा बढीलाई मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको त्यहाँस्थित अध्यागमन कार्यालयले जनाएको छ ।