दोहोरो अंकले घट्यो सेयरबजार, जानकार भन्छन्, ‘भोल्युम नबढेसम्म माथि जाने सम्भावना न्यून’
काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४८ प्रतिशत अर्थात १३.४६ अंकले घटेर २ हजार ७६६.७८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले घटेर ४७३.७६ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टका १ करोड ५ लाख ९८ हजार १६४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब...

