सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु इन्स्योरेन्स
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह २.१७...