६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ८ वटा उपसूचक राताम्य भएका...