सेयर बजार बढ्दा सरकार पनि मालामाल, गत साउनको तुलनामा १०.३६ गुणाले बढ्यो पूँजीगत लाभकर
काठमाण्डौ । कांग्रेस–एमाले गठबन्धनको सरकार बनेलगत्तैदेखि सेयर बजारमा आएको उछालको सकारात्मक प्रभाव सरकारले प्राप्त गर्ने राजश्वमा समेत देखिएको छ। सेयर बजारमा कारोबारका दैनिक रेकर्डहरु बनेर नेप्से परिसूचक ३००० को विन्दूसम्म पुग्दा सरकारले प्राप्त गर्ने राजश्वमा समेत उछाल आएको देखिएको हो ।