उच्च अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘आत्तिएर सेयर बेच्दा बजारमा दबाब’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.२८ प्रतिशत अर्थात ५९.०२ अंकले घटेर २ हजार ५२९.३३ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९४ प्रतिशतले घटेर ४५४.४१ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता...