अमेरिका-चीन सम्झौतानजिकः व्यापार युद्ध समाप्तिको दिशामा
काठमाण्डौ । अमेरिका र चीनबीचको व्यापार युद्ध समाप्तिको दिशामा अघि बढेको छ। दुई देशबीच व्यापार सम्झौता हुने सम्भावना प्रबल बनेको छ। स्रोतका अनुसार, अमेरिकाले चिनियाँ सामानमा लगाइएको १०० प्रतिशत ट्यारिफ घटाउन सक्ने छ, भने चीनले रेयर अर्थ खनिजको आपूर्ति पुनः सुरु गर्ने र सोयाबिन खरिदमा सम्झौता गर्ने अपेक्षा गरिएको छ।

