चीनले जापानी सि फुडमाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो, किन लगाइएको थियो ?
काठमाण्डौ । चीनले जापानका अधिकांश क्षेत्रबाट समुद्री खाना आयातमा लगाइएको प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध दुई वर्षअघि फुकुसिमा आणविक प्लान्टबाट प्रशोधित दूषित पानी छोड्ने चिन्ताका कारण लगाइएको थियो। बेइजिङले सर्तहरू सहित जापानबाट आयात सुचारु गर्ने बताएको छ, तर टोकियो र फुकुसिमालगायत जापानका ४७ प्रिफेक्चरमध्ये १० मा यो लागू हुने छैन।