मल निर्यातमा चीनको प्रतिबन्ध, विश्वव्यापी बजारमा अभाव सिर्जना
काठमाण्डौ । चीनले कृषि मल निर्यातमा कटौती गर्न थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनले आफ्नो घरेलु बजार सुरक्षा गर्न नाइट्रोजन–पोटासियम र केही फस्फेट मलको निर्यातमा कटौती गर्न थालेको हो । अमेरिका–इजराय र इरान युद्धका कारण पहिलै नै अभाव झेलिरहेको विश्वव्यापी बजारमा थप दबाब सिर्जना गर्ने देखिएको छ ।

