पूँजीबजारमा एक घण्टामै २.६८ खर्ब स्वाहा, लगानीकर्ताले दिए गिरावट थाम्न यस्ता सुझाव
काठमाण्डौ । जेनजी अन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको सेयरबजार आज पहिलोपटक खुल्यो । लामो अन्तरालपछि खुलेको बजार आज ६ प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेर बन्द भयो । यसअघि विसं २०७७ साल वैसाख ३० गते पनि यसरी नै नेगेटिभ सर्किट लागेर सेयरबजार त्यस दिनका लागि बन्द भएको थियो । उक्त घटनाको करिब ५ वर्षपछि आज सेयर बजारमा पहिलोपटक नेगेटिभ सर्किट लाग्यो । आजको...