सेयरबजारमा ४६.७८ अंकको गिरावट, विज्ञ भन्छन्, ‘नाफा बुक जारी, आइतबारदेखि नेप्से उकालो !’
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४६.७८ अंक अर्थात् १.६४ प्रतिशतले घटेर २७९६.५७ विन्दुमा कायम भएको छ । सेन्सिटिभ इन्डेक्स समेत आज १.६९ प्रतिशतले घटेको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज म्युचुअल फण्ड समूह बाहेक सबै...

