भारतमा १२ वर्षयताकै सर्वाधिक सुख्खा महिना बन्यो ‘जुन’, कृषि उत्पादनमा असर पर्ने चिन्ता
काठमाण्डौ । गत जुन महिना भारतको पछिल्लो १२ वर्षयताकै सबैभन्दा सुख्खा महिनाका रुपमा दर्ता भएको छ । साथै, सन् १९०१ देखि देशव्यापी वर्षाको अभिलेख राख्न थालिएयता यो पाँचौँ सबैभन्दा सुख्खा महिना भएको भारतको मौसम विज्ञान विभागले जनाएको छ। जुलाई महिनामा पनि औसतभन्दा कम वर्षा हुने पूर्वानुमान सार्वजनिक भएपछि यस वर्षको कृषि उत्पादन प्रभावित हुने चिन्ता बढेको छ।भारत सरकारको कृषि...

