लगानीकर्ताको आक्रोशः “एक करोडको सेयर ३० लाखमा पुगिसक्दा समेत नियामक घाम तापेर बसे, अब सहँदैनौं”
काठमाण्डौ । लगातार गिरावटले थला परेको सेयर बजारप्रति लगानीकर्ताहरूको असन्तोष चरममा पुगेको छ।बजार लगातार खस्कँदै जाँदा केही लगानीकर्ताहरू नियामक निकाय(धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक)धाउने गरेका छन् भने अरूले आफ्नै कार्यालयहरूमा बैठक गर्दै बजारको समीक्षा र नियामकको आलोचना गर्न थालेका छन्।