विश्व पौडेलले सिफारिस समितिबाट दिए राजीनामा, गभर्नर नियुक्तिलगत्तै फस्न सक्छन् कानूनी उल्झनमा
काठमाण्डौ । गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले पदबाट राजीनामा दिएका छन् । उनलाई प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्टबैंकको गभर्नर बनाउने सहमति भएसँगै डा. पौडेलले सिफारिस समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् ।