बिहीबार, भाद्र २७,२०८१ 06:39:08
IME remit
  • बिहीबार, भाद्र २७,२०८१ 06:39:08
धितोपत्र बजार सम्बद्ध ३ वटै नियामक निकायका प्रमुखहरु विदेश भ्रमणमा, अर्थको भने सधैं दादागिरी
STOCK MARKET

धितोपत्र बजार सम्बद्ध ३ वटै नियामक निकायका प्रमुखहरु विदेश भ्रमणमा, अर्थको भने सधैं दादागिरी

काठमाण्डौ । पूँजीबजारका तीन वटै नियामक निकायका प्रमुखहरु एकैपटक विदेश सयरमा रहेका छन् । धितोपत्र बोर्डबाट बोर्ड अध्यक्ष महेश बराल , प्रबक्ता डा. नवराज अधिकारी र पूर्व सुचना अधिकारी तेज प्रसाद देवकोटा हाल भारत भ्रमणमा रहेका छन् ।हाल सूचना अधिकारीको जिम्मा दीपा दाहललाई दिइएको छ । उनी पनि यहि टोलीमा विदेश भ्रमणमा नै रहेको स्रोतले जानकारी दिएको छ । अहिले धितोपत्र बोर्डको विषयमा...

पूँजी बजारका नियामक निमित्तको भरमा, बजारमा विकृति मौलाउँदैं
STOCK MARKET

पूँजी बजारका नियामक निमित्तको भरमा, बजारमा विकृति मौलाउँदैं

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड ८ महिनादेखि रिक्त रहेको छ । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिए पछि नेपाल सरकारले बोर्डमा अध्यक्ष  नियुक्त गर्न सकेको छैन । उनको कार्यकाल गत पूस २० गते सकिएको थियो ।  हाल धितोपत्र बोर्ड अर्थमन्त्रालयका प्रतिनिधि महेश बरालले चलाइरहेका छन् । हमालको बहिर्गमन पछि अर्थमन्त्रालयबाट ३ जना प्रतिनिधिले बोर्ड...

सेबोनद्वारा रिलायन्सको आईपीओको बारेमा सूचना दिन आनाकानी, सूचना आयोगद्वारा कारण देखाउ आदेश
STOCK MARKET

सेबोनद्वारा रिलायन्सको आईपीओको बारेमा सूचना दिन आनाकानी, सूचना आयोगद्वारा कारण देखाउ आदेश

काठमाण्डौं । राष्ट्रिय सूचना आयोगले नेपाल धितोपत्र बोर्डलाई रिलायन्स स्पिनिङ मिल्सका विषयमा कागजात उपलब्ध गराउन आदेश दिएको छ । निवेदक हरिबहादुर केसीद्वारा राष्ट्रिय सूचना आयोगमा दिएको उजूरीको आधारमा धितोपत्र बोर्डलाई यस्तो आदेश दिइएको हो ।  निवेदक केसीले रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति माग्दा पेश गरेको सम्पूण कागजपत्र माग गर्दै...

बजार घट्दा 'बिग बुल'को आधार तय भएको बुझाई, ‘यति भएपछि ५४००-५५०० ढुक्क, अब बीचमै अलमलिने कुरा रहेन’
STOCK MARKET

बजार घट्दा 'बिग बुल'को आधार तय भएको बुझाई, ‘यति भएपछि ५४००-५५०० ढुक्क, अब बीचमै अलमलिने कुरा रहेन’

काठमाण्डौ । पछिल्लो एक महिनायता हजार अंकले बढेको बजारमा आज उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा कायम हुन पुगेको छ ।  पछिल्ला दुईदिनयता सेयरबजारमा भारी गिरावट आउँदा साना लगानीकर्ताहरु त्रसित बन्न थालेका छन् । बुलिस सेयरबजारमा बढेको लगानीकर्ताहरुको पोर्टफोलियो पछिल्लो दुई दिनयता घटेको मार्केटले त्योभन्दा बढी घटाइदिएको छ ।  बजार...

धितोपत्र बोर्डमा जागिरको अवसर, कति चाहिन्छ योग्यता ?
STOCK MARKET

धितोपत्र बोर्डमा जागिरको अवसर, कति चाहिन्छ योग्यता ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा जागिरको अवसर खुलेको छ । बोर्डले एक सूचनामार्फत प्रशासन समूहका लागि सहायक निर्देशकदेखि सहायकसम्म गरी कुल ६ जना कर्मचारी माग गरेको हो ।  बोर्डले सहायक निर्देशक(अधिकृत तृतीय श्रेणी) २ जना,वरिष्ठ सहायक(सहायक प्रथम श्रेणी)१ जना र सहायक(सहायक द्धितीय श्रेणी)३ जनाका लागि दरखास्त आह्वान गरेको छ । लिखित र अन्तर्वार्तामार्फत उम्मेद्वारको छनौट...

सेबोनको सञ्चालकमा महासंघ र आईक्यानका प्रतिनिधि हटाउने तयारी
STOCK MARKET

सेबोनको सञ्चालकमा महासंघ र आईक्यानका प्रतिनिधि हटाउने तयारी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का प्रतिनिधि रहने व्यवस्था हटाउने प्रस्ताव भएको छ । ‘धितोपत्र सम्बन्धी ऐन ०६३’ लाई संशोधन गर्न बनेको विधेयकमा सेबोनको सञ्चालक समितिमा महासंघ र आईक्यानका प्रतिनिधि नराख्ने व्यवस्था प्रस्ताव गरिएको हो ।  पहिले पनि महासंघ र आईक्यानका...

संस्थापक सेयरको लकइन अवधि परिमार्जन तथा सेयरको लिलाम प्रक्रियालाई स्वचालित गर्दै बोर्ड
STOCK MARKET

संस्थापक सेयरको लकइन अवधि परिमार्जन तथा सेयरको लिलाम प्रक्रियालाई स्वचालित गर्दै बोर्ड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले चालु आ्व २०८१/८२ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । बोर्डले धितोपत्रको निष्काशन, खरिद,बिक्री तथा विनिमयलाई व्यवस्थित गर्न र बजारको विकास, विस्तार गरी पुँजी बजारको दायरा वृद्धि गर्न तथा इच्छुक सबैमा पुँजी बजार तथा नियमनको पहुँच पुर्याउन, लगानीकर्ताको हकहित रक्षा गर्न,...

हकप्रद निष्कासनको अनुमति माग गर्दै ६ हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन
STOCK MARKET

हकप्रद निष्कासनको अनुमति माग गर्दै ६ हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा ६ वटा हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गरेका छन् । बोर्डसँग हकप्रद ल्याउन अनुमति माग्नेमा बाराही हाइड्रोपावर, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर छन् ।पिपुल्स पावरले चुक्तापुँजीको ५० प्रतिशत र बाँकी ५ वटा कम्पनीले शतप्रतिशत हकप्रद...

अन्ततःरिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द
STOCK MARKET

अन्ततःरिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको छ । सेबोनको आज बसेको बैठकले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।  रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदको सार्वजनिक लेखा समितिमै प्रश्न उठेपछि बोर्डले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको हो । सार्वजनिक लेखा समितिले...

धितोपत्र बोर्ड अध्यक्षको कुर्सी थप रोमाञ्चक बन्दै, सन्तोष नारायण श्रेष्ठका लागि रिट निवेदन आत्मघाति हुनसक्ने
STOCK MARKET

धितोपत्र बोर्ड अध्यक्षको कुर्सी थप रोमाञ्चक बन्दै, सन्तोष नारायण श्रेष्ठका लागि रिट निवेदन आत्मघाति हुनसक्ने

काठमाण्डौ । सर्वोच्च अदालतमा धितोपत्र बोर्डको अध्यक्षका विरुद्ध परेको रिटको पेशी यहि शुक्रबार परेको छ । तर यहि समयमा रातारात एमाले र कांग्रेसको नयाँ गठबन्धन बन्ने र माओबादी सरकार एक महिना एकलौटि चल्ने भएपछि रिट निवेदक सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा हालेको मुद्दा उनको लागि नै आत्मघाति हुने देखिएको छ ।धितोपत्र बोर्डको अध्यक्षको दाबेदार मध्येका एक, सन्तोष नारायण...

धितोपत्र बोर्डको अध्यक्ष पद थप पेचिलो बन्दै, सन्तोष नारायण श्रेष्ठ मात्रै किन गए अदालत ?
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्ष पद थप पेचिलो बन्दै, सन्तोष नारायण श्रेष्ठ मात्रै किन गए अदालत ?

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षको दाबेदार मध्येका एक, सन्तोष नारायण श्रेष्ठ अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालत गएका छन् । उनले प्रक्रिया रद्द गर्न नमिल्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका ह्न ।  सेबोनको अध्यक्षको छनौट प्रक्रियाको सर्टलिस्टमा परेका श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणका लागि सहभागी भएका थिए । उनीसँगै अर्का...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेज भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिको असार १४ गतेको निर्णयले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो ।बोर्डको अध्यक्ष पदका लागि १९ जनाबाट आवेदन परेको थियो । जसमध्ये छनौट समितिले ५ जनाको नाम सिफारिस गरेको थियो । तर समितिले ५ जनालाई आफ्नो व्यवसायिक कार्यपत्र...

जुन-जुन कमसल कम्पनी, तिनकै मूल्य चम्किन्छ ! सेयर बजार हो कि लंगुरबुर्जा खेल्ने ठाउँ ?
STOCK MARKET

जुन-जुन कमसल कम्पनी, तिनकै मूल्य चम्किन्छ ! सेयर बजार हो कि लंगुरबुर्जा खेल्ने ठाउँ ?

काठमाण्डौ । पूँजी बजार र जुवाबीच अन्तर हुन्छ । जुवामा केवल अनुमानका भरमा लगानी गरिन्छ भने पूँजी बजारमा स्वःअध्यन र विभिन्न प्राविधिक र आधारभूत तथ्यलाई आधारमानि लगानीको रणनीति बनाइन्छ । यस्तोमा सेयर बजारमा राम्रा र आर्थिक स्थिती राम्रा भएका कम्पनी लगानीकर्ताको रोजाइमा पर्नु कुनै आश्चर्यको विषय होइन ।  तर नेपाली सेयर बजार भने यतिबेला विपरीत सिद्धान्तमा चलिरहेको छ ।...

सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द हुन सक्ने, महान्यायाधिवक्ता कार्यालयले दियो यस्तो सुझाव
STOCK MARKET

सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द हुन सक्ने, महान्यायाधिवक्ता कार्यालयले दियो यस्तो सुझाव

काठमाण्डौ । महान्यायाधिवक्ता कार्यालयले नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई सुझाव दिएको छ ।यसअघि गत असार ५ गते बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव मागेको थियो । सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले समितिलाई  २ जनाको नाम सिफारिस गर्न...

धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु, हिमालयन उर्जाले पायो हकप्रद जारी गर्ने अनुमति
STOCK MARKET

धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु, हिमालयन उर्जाले पायो हकप्रद जारी गर्ने अनुमति

काठमाण्डौ । लामो समयदेखि अवरुद्ध रहेको धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन उर्जा कम्पनी लिमिटेडलाई हकप्रद निष्कासनको अनुमति दिदै लामो समयदेखि अवरुद्ध रहेको धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुन सुचारु गरेको हो ।  सेबोनले आज असार ७ गते हिमालयन उर्जा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको हो ।...

सेबोन अध्यक्ष सिफारिसबारे महान्यायाधिवक्ताबाट लिखित सुझाव माग्ने निर्णय
STOCK MARKET

सेबोन अध्यक्ष सिफारिसबारे महान्यायाधिवक्ताबाट लिखित सुझाव माग्ने निर्णय

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको छ ।आज बसेको समितिको बैठकले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको हो । अध्यक्ष सिफारिसका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयबाट आउने सुझावका आधारमा...

सेबोनको अध्यक्ष छनौट प्रक्रियाको विषयमा कानूनविदबीच बाझियो मत, कसरी निस्कन्छ हल ?
STOCK MARKET

सेबोनको अध्यक्ष छनौट प्रक्रियाको विषयमा कानूनविदबीच बाझियो मत, कसरी निस्कन्छ हल ?

काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) अध्यक्षविहिन बनेको लगभग ६ महिना पुगेको छ । यस अघि गत पुस २० गते धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएसँगै सेबोन नेतृत्वविहिन बनेको छ । त्यस पछि सरकारले बोर्ड अध्यक्ष छनौटको लागि विज्ञापन खुलाएर आवेदन माग गरेको थियो ।  बोर्डको अध्यक्ष पदका लागि १९ जनाबाट आवेदन परेको थियो । जसमध्ये छनौट समितिले ५ जनाको नाम...

सेबोनको अध्यक्षको अन्तर्वार्तामा आज पनि गएनन् ३ जना उम्मेद्वार , छनौट प्रक्रिया नै रद्द हुने संघारमा
STOCK MARKET

सेबोनको अध्यक्षको अन्तर्वार्तामा आज पनि गएनन् ३ जना उम्मेद्वार , छनौट प्रक्रिया नै रद्द हुने संघारमा

काठमाण्डो । धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि सर्टलिस्टमा परेका ३ उम्मेद्वार कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका पुनः अनुपस्थित भएका छन् । अर्थ मन्त्रालयले गत आइतबार उपस्थित नभएका ३ जनालाई कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि आज ९ बजे फेरी बोलाएको थियो ।  तर आज पनि ३ जना उम्मेद्वार अनुपस्थित भएका हुन् ।  गत आइतबार बोलाइएको कार्ययोजना तथा...

ग्राउण्ड जिरो: धितोपत्र बोर्डको अध्यक्षको विषयले प्रधानमन्त्रीको कुर्ची नै संकटमा
STOCK MARKET

ग्राउण्ड जिरो: धितोपत्र बोर्डको अध्यक्षको विषयले प्रधानमन्त्रीको कुर्ची नै संकटमा

काठमाण्डौ । साताको पहिलो दिन विभिन्न ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताकहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई आज पनि हामीले निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले अनामनगरका केही ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताहरुको विचार र ब्रोकरहरुको वस्तुस्थिति बुझ्ने प्रयास गरेका छौं । आज राजधानीको तापक्रम बढेको थियो । केही ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थित शुन्य थियो भने...

सेबोनको अध्यक्ष छनौट प्रक्रिया रद्द हुने,कानूनविद् भन्छन्,‘पुनःआवेदन माग गर्नुपर्छ’
STOCK MARKET

सेबोनको अध्यक्ष छनौट प्रक्रिया रद्द हुने,कानूनविद् भन्छन्,‘पुनःआवेदन माग गर्नुपर्छ’

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रियामा आर्थिक चलखेल हुन नदिन र दक्ष व्यक्ति नियुक्त गर्न लगानीकर्ताको माग
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रियामा आर्थिक चलखेल हुन नदिन र दक्ष व्यक्ति नियुक्त गर्न लगानीकर्ताको माग

काठमाण्डौ । पूँजी बजारसँग सम्बन्धित लगानीकर्ताका विभिन्न संगठनहरूले धितोपत्र बोर्डको अध्यक्षमा आर्थिक चलखेल हुन नदिन र दक्ष व्यक्ति नियुक्त गर्न सरकारसँग माग गरेका छन् । विभिन्न ४ वटा लगानीकर्ता संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै  यस्तो आग्रह गरेका हुन् ।  जनरल इन्भेस्टर एसोशएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले...

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न माग गर्दै अख्तियारमा उजुरी, ५ अर्ब भ्रष्टाचार हुन लागेको दाबी
STOCK MARKET

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न माग गर्दै अख्तियारमा उजुरी, ५ अर्ब भ्रष्टाचार हुन लागेको दाबी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अख्तियारमा आज परेको उजुरीमा धितोपत्र बोर्ड अध्यक्षको नियुक्ती र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा गर्न ५ अर्ब रुपैयाँको भ्रष्टाचार हुन लागेको दाबी गरिएको छ।उजुरीमा भनिएको छ, ‘धितोपत्र बोर्डमा पछिल्ला केही समयदेखि भ्रष्टाचार र...

वार्षिकोत्सवमा सेबोनको आफ्नै भवन हुनुपर्नेमा जोड, जग्गा खरिदमा ३ वर्षदेखि ४२.५ करोड फसेको फस्यै
STOCK MARKET

वार्षिकोत्सवमा सेबोनको आफ्नै भवन हुनुपर्नेमा जोड, जग्गा खरिदमा ३ वर्षदेखि ४२.५ करोड फसेको फस्यै

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज ३२ औं वार्षिकोत्सव मनाएको छ । नेपाल धितोपत्र बोर्ड २०५० साल जेठ २५ गते विधिबत रुपमा स्थापना भएको थियो । त्यसअघि यसलाई सेक्युरिटिज खरिद बिक्री केन्द्र भनेर चिनिन्थ्यो । आफ्नो सुरुवात कालदेखि नै धितोपत्र बोर्डले बहालको कार्यालयबाट कार्य सञ्चालन गर्दै आईरहेको छ ।  बेला–बेलामा बोर्डले आफ्नो छुट्टै कार्यालय निर्माण गरेर व्यवस्थित...

आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक, सहजीकरणका लागि अर्थ मन्त्रालय तयारः राजश्व सचिव घिमिरे
STOCK MARKET

आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक, सहजीकरणका लागि अर्थ मन्त्रालय तयारः राजश्व सचिव घिमिरे

काठमाण्डौ । अर्थ मन्त्रालयका राजश्व सचिव रामप्रसाद घिमिरेले आम लगानीकर्ताको मनबोल उकास्न आवश्यक रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै घिमिेरेले आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक रहेको र यसका लागि अर्थमन्त्रालय तयार रहेको बताएका हुन् ।  ‘अहिलेको अवस्थामा आम लगानीकर्ताको मनोबल उकास्न आवश्यक छ । यसका लागि अर्थमन्त्रालय...

६२ लाख लगानीकर्ताको माग सम्बोधन गर्नुपर्छ, आईपीओ अनुमति यथाशिघ्र सुचारु हुनुपर्छ: बोर्ड कर्मचारी युनियन अध्यक्ष
STOCK MARKET

६२ लाख लगानीकर्ताको माग सम्बोधन गर्नुपर्छ, आईपीओ अनुमति यथाशिघ्र सुचारु हुनुपर्छ: बोर्ड कर्मचारी युनियन अध्यक्ष

काठमाण्डौ । धितोपत्र बोर्डको कर्मचारी युनियनका अध्यक्ष बाबु जिसीले सरकारले ६२ लाख लगानीकर्र्तालाई उपेक्षा गरेको आरोप लगाएका छन् । आज होटल क्राउन इम्पेरियल रविभवन काठमाण्डौमा आयोजित धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सवको विशेष समारोहमा बोल्दै जिसीले यस्तो बताएका हुन् ।  ‘सरकारले ६२ लाख लगानीकर्ता भएको पूँजी बजारलाई उपेक्षा गरेको छ । सरकारको यो रवैयाबाट पूँजी बजार...

धितोपत्र बोर्ड कार्यालय भोलि बन्द रहने
STOCK MARKET

धितोपत्र बोर्ड कार्यालय भोलि बन्द रहने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड भोलि बन्द हुने भएको छ । बोर्डले एक सूचना जारी गर्दै भोलि ३२ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गर्न लागिएकाले बोर्ड कार्यालय बन्द रहने जनाएको हो ।  धितोपत्र बोर्डले आफ्नो ३२ औं वार्षिकोत्सवको उपलक्ष्यमा वार्षिकोत्सव विशेष समारोह होटल क्राउन इम्पेरियल रविभवन काठमाण्डौमा आयोजना गर्न लागेको छ । 

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण
STOCK MARKET

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निर्मल प्रधानको विषयमा बोर्डसँग माग्यो सूचना, यस्तो छ कारण

काठमाण्डौ । सम्पत्ति शुुद्धीकरण अनुसन्धान विभागले नेपाली सेयर बजारका ठूला लगानीकर्ता निर्मल प्रधानका विषयमा धितोपत्र बोर्डसँग सूचना माग गरेको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार सम्पति शुुद्धीकरण अनुसन्धान विभागले लगानीकर्ता प्रधानको विषयमा पटक–पटक सूचना माग गरेको हो ।  प्रधानले सेयर बजार प्रभावित पार्ने क्रियाकलाप गरेको भन्दै त्यस विषयमा...

सेबोनको प्रवक्तामा डा.नवराज अधिकारी
STOCK MARKET

सेबोनको प्रवक्तामा डा.नवराज अधिकारी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा डा. नवराज अधिकारी नियुक्त भएका छन् । यसअघि बोर्डको निमित्त कार्यवाहक अध्यक्षको जिमेवारीमा रहेका डा. अधिकारीलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिइएको हो । अधिकारीलाई बिहीबारदेखि लागू हुनेगरी बोर्डको अध्यक्ष नरेन्द्रकुमार रानाले प्रवक्ताको जिम्मेवारी सुम्पिएका हुन्। यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ...

बजेटमा गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला गुर्नपर्ने र नयाँ स्टक एक्सचेञ्ज लगायतका सुझाव पेश
STOCK MARKET

बजेटमा गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला गुर्नपर्ने र नयाँ स्टक एक्सचेञ्ज लगायतका सुझाव पेश

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी आर्थिक वर्षको बजेटमा गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजार खुला गर्न, निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज, र सीडीएसको पुनःसंचरना लगायतका सुझाव दिएको छ । सेबोनले अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटका लागि यस्ता सुझाव दिएको हो ।  सेबोनले लगानीकर्ताको लगानी सुरक्षा प्रदान गर्न निजी क्षेत्रको...

धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नरेन्द्र राना, आईपीओको प्रक्रिया अघि बढ्ने
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नरेन्द्र राना, आईपीओको प्रक्रिया अघि बढ्ने

काठमाण्डौ । अर्थ मन्त्रालका सहसचिव नरेन्द्र कुमार रानालाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ । यस अघि अर्थ मन्त्रालयबाट रितेश कुमार शक्यले धितोपत्र बोर्ड हेर्दै आएका थिए । रानालाई बोर्डको अध्यक्षको जिम्मेवारी सुम्पिएर शाक्यलाई बजेट निर्माणको जिम्मेवारी प्रदान गरिएको छ ।  शाक्य बजेट निमार्णमा व्यस्त भएकाले रानालाई बोर्डमा पठाइएको अर्थ मन्त्रालयस्थित...

धितोपत्र बोर्डमा विप्लप कार्यकर्ताको हस्तक्षेप, विदेश भ्रमणमा पक्षपात गरेको आरोप
STOCK MARKET

धितोपत्र बोर्डमा विप्लप कार्यकर्ताको हस्तक्षेप, विदेश भ्रमणमा पक्षपात गरेको आरोप

काठमाण्डौ । सरकारी कर्मचारी बढुवा र विदेश भ्रमणका लागि सधै लालाहित हुने गर्छन । यही कमजोरीको फाइदा उठाएर हाकीमहरुले बढुवा र भ्रमणको प्रलोभन देखाएर कर्मचरीहरुलाई आफू अनुकुल काम गराउने गर्छन् । कतिपय विदेश भ्रमणमा तालुकदार मन्त्रालयले पनि स्वीकृति दिनु पर्ने हुन्छ । कहिलेकाँही तालुकदार मन्त्रालय र विभागले स्वीकृती नदिँदा मन्त्रालय र विभागबीच शीत युद्ध नै चल्ने गर्छ ।...

प्यान कारोबारलाई प्रोत्साहन गर्न धितोपत्र बोर्डको सरकारलाई सुझाव
STOCK MARKET

प्यान कारोबारलाई प्रोत्साहन गर्न धितोपत्र बोर्डको सरकारलाई सुझाव

काठमाण्डौं । धितोपत्र बोर्डले आगामी बजेटमा लगानीकर्तालाई प्यान नम्बर (स्थाई लेखा नम्बर)मा कारोबार गर्न प्रोत्साहन हुने व्यवस्था गर्न सरकारलाई सुझाव पेस गरेको छ । बोर्डले अर्थमन्त्रालयलाई आगामी बजेटमा पूँजी बजारको विकासका लागि  यस्तो सुझाव दिएको हो ।  बोर्डस्थित उच्च स्रोतले दिएका जानकारीअनुसार प्यान नम्बरमा जान प्रोत्साहन गर्नको लागि हाल सरकारले हरेक वर्ष...

ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?
STOCK MARKET

ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले घटाएको ब्रोकर कमिसन आजबाट लागू हुँदैछ । नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुन लागेको हो । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकालमा बोर्डले गत कात्तिक १ गते ब्रोकर कमिसनलाई समय सान्दर्भिक बनाउनका लागि केही घटाउने निर्णय गर्दै...

साढे चार महिनादेखि धितोपत्रबोर्ड अध्यक्षबिहीन, किन अघि बढ्न सकेन प्रक्रिया ?
STOCK MARKET

साढे चार महिनादेखि धितोपत्रबोर्ड अध्यक्षबिहीन, किन अघि बढ्न सकेन प्रक्रिया ?

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएको साढे ४ महिना बितिसकेको छ । ४ महिना बितिसक्दा पनि हालसम्म बोर्ड अध्यक्ष चयनको काम अघि बढ्न सकेको छैन । गत पुस २० गते तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल बाहिरिए पछि बोर्ड निमित्त नवराज अधिकारीको भरमा चलिरहेको छ । सरकारले बोर्ड अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठको...

सेबोनद्वारा आगामी आवको नीति तथा कार्यक्रमका लागि सुझाव माग
STOCK MARKET

सेबोनद्वारा आगामी आवको नीति तथा कार्यक्रमका लागि सुझाव माग

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी राय÷सुझाव माग गरेको छ । सेबोनको नीति अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दे यस्तो माग गरेको हो । उक्त सूचनामा धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई सम्पूर्ण सरोकारावालाको अपेक्षा अनुरुप बजार पूर्वाधारको...

जेठदेखि ब्रोकर कमिसन घटाउने तयारी
STOCK MARKET

जेठदेखि ब्रोकर कमिसन घटाउने तयारी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी जेठेदेखि लागू हुनेगरी ब्रोकर कमिसन घटाउने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो ।  सो निर्णयमा सबै सञ्चालकले हस्ताक्षर गर्न भने बाँकी रहेको छ । राष्ट्र बैंकबाट सेबोनमा प्रतिनिधित्व गर्ने धितोपत्र बोर्डका सञ्चालक प्रकाश कुमार श्रेष्ठले ब्रोकर...

लगानीकर्ता एकजुट बन्न नसक्दा नियामकलाई हाईसञ्चो, ओझेलमा पर्दै माग
STOCK MARKET

लगानीकर्ता एकजुट बन्न नसक्दा नियामकलाई हाईसञ्चो, ओझेलमा पर्दै माग

काठमाण्डौ । नेपालीमा एउटा उखान छ, भाइ फुटे गवार लुटे । जसको अर्थ आफु–आफुबीचको प्रतिष्पर्धा र फुटको फाइदा प्रतिस्पर्धि वा अन्य तेस्रो पक्षलाई पुग्छ भन्नु हो । यो भनाई अहिले नेपाली सेयर बजारमा समेत चरितार्थ भएको छ ।  अहिले बजारमा लगानीकर्ताको सम्पति दैनिक घटेको छ । लगानीकर्ता दैनिक ११ बजेदेखि ३ बजेसम्म सम्पति गुमाईरहेका छन् । लगानीकर्ताहरुको हकहित संरक्षण गर्न भन्दै अहिले...

अब धितोपत्र बोर्ड अध्यक्षविहीन नहुने, अर्थ मन्त्रालयका प्रतिनिधिले जिम्मेवारी सम्हाल्ने
STOCK MARKET

अब धितोपत्र बोर्ड अध्यक्षविहीन नहुने, अर्थ मन्त्रालयका प्रतिनिधिले जिम्मेवारी सम्हाल्ने

काठमाण्डौ । अब धितोपत्र बोर्डको अनुपस्थितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्ड अध्यक्षको हैसियतमा काम गर्ने भएका छन् ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।  धितोपत्र सम्बन्धी ऐन सहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको ‘सम्पत्ति शुद्धीकरण, निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न...

धितोपत्र ऐन २०६३ संशोधन, इन्साइडर ट्रेडिङको घटनामा प्रहरीले अनुसन्धान गर्ने
STOCK MARKET

धितोपत्र ऐन २०६३ संशोधन, इन्साइडर ट्रेडिङको घटनामा प्रहरीले अनुसन्धान गर्ने

काठमाण्डौ । धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन भएको छ । धितोपत्र संशोधन विधेयक संसदको दुवै सदनले पारित गरेर २०८० चैत्र ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । धितोपत्र सम्बन्धी ऐन सहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको ‘सम्पत्ति शुद्धीकरण, निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संशोधन भएको हो ।  राष्ट्रपतिबाट विधेयक...

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको योग्यता नपुगेको भन्दै आयोगमा उजुरी
STOCK MARKET

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको योग्यता नपुगेको भन्दै आयोगमा उजुरी

काठमाण्डौं । धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिका सदस्यमाथि योग्यताको प्रश्न उठेको छ । अध्यक्ष छनौट समितिका एक सदस्य प्राध्यापक उदय निरौलाको योग्यतामाथि प्रश्न उठाउँदै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता भएको छ ।  कानून व्यवसायी हरि बहादुर केसीले छनौट समितिको सदस्य बन्न उदय निरौलाको योग्यता नपुग्ने भन्दै आज राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गराएका हुन् ।  

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रोकियो
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रोकियो

काठमाण्डौ । लामो रस्साकस्सी पछि १९ जनाको आवेदनबाट ५ जनाको सर्टलिस्ट तयार पारेको केही दिनमा नै नेपाल सरकारले धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया स्थगित गरेको छ ।  सर्टलिस्टमा परेको आवेदकहरुमध्ये नेप्सेका सीईओ कृष्ण बहादुर कार्कीले दिएको जानकारी अनुसार आफुहरुलाई हालको लागि छनौट प्रक्रिया रोकिएको जानकारी अर्थमन्त्रालयले दिएको पुष्टि गरे ।  साथै कार्कीले अब छनौट...

सेबोन अध्यक्षको दौडमा रहेका ५ जनालाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी
STOCK MARKET

सेबोन अध्यक्षको दौडमा रहेका ५ जनालाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सर्टलिष्टमा परेका ५ जना आवेदकलाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी भएको छ । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले सर्टलिष्टमा परेका ५ जना चैत २९ गते बिहिबार कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी गरेको हो ।  समितिले प्रस्तुतीका आधारमा ५ जनाबाट ३ जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा...

सेबोन अध्यक्षको भिडन्तमा कसले मार्ला बाजी ? तीब्र बार्गेनिङदेखि शक्ति केन्द्रसम्म धाउने खेल !
STOCK MARKET

सेबोन अध्यक्षको भिडन्तमा कसले मार्ला बाजी ? तीब्र बार्गेनिङदेखि शक्ति केन्द्रसम्म धाउने खेल !

काठमाण्डौ । लगानीकर्ताको लागि धितोपत्र बोर्डको अध्यक्ष पदले विशेष महत्व राख्ने गर्छ । धितोपत्र सम्बन्धी नियामकीय निकायको सर्वोच्च पदमा आसिन व्यक्तिको क्षमताले धितोपत्र बजारको विकास र लगानीकर्ताको हित निर्दिष्ट गर्ने भएकाले यो पदको विशेष महत्व हुने गर्छ ।  तर यसअघिका धितोपत्र बोर्डका अध्यक्षहरुलाई हेर्ने हो भने धितोपत्र बजारलाई नजिकबाट बुझेका थोरै व्यक्तिहरु मात्रै...

८ महिनामा सेबोनद्वारा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासन अनुमति, नेप्सेमा रु.६५ अर्ब ८५ करोडको आईपीओ सूचीकृत
STOCK MARKET

८ महिनामा सेबोनद्वारा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासन अनुमति, नेप्सेमा रु.६५ अर्ब ८५ करोडको आईपीओ सूचीकृत

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पौने २५ अर्ब रुपैयाँको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा सेबोनले २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको हो ।  जसमा बोर्डले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ), ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६...

हकप्रद निष्कासनका लागि बोर्डको पाइपलाइनमा ४ बीमा कम्पनी, कुनको कति ?
STOCK MARKET

हकप्रद निष्कासनका लागि बोर्डको पाइपलाइनमा ४ बीमा कम्पनी, कुनको कति ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा ४ बीमा कम्पनी सहित १३ वटा कम्पनी हकप्रद सेयर निष्कासन अनुमतिको पर्खाइमा छन् ।  बोर्ड अध्यक्षबिहिन हुँदा लामो समयदेखि विभिन्न कम्पनीको आईपीओ, एफपीओ र हकप्रद सेयर निष्कासन प्रक्रिया रोकिएको छ । लामो समयपश्चात् सेबोनले साधारण सेयर निष्कासन गर्न कम्पनीहरुलाई अनुमति दिने तयारी समेत गरेको छ ।हकप्रद निष्कासनको लागि चार वटा...

नेको इन्स्योरेन्सले २५% हकप्रद जारी गर्ने,सेबोनसँग माग्यो अनुमति
STOCK MARKET

नेको इन्स्योरेन्सले २५% हकप्रद जारी गर्ने,सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गरेको हो ।  कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले सेबोनमा चैत ६...

तेह्रथुम पावरले हकप्रद निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन
STOCK MARKET

तेह्रथुम पावरले हकप्रद निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै चैत ७ गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले ४० करोड रुपैयाँको रु.१०० अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन निष्कासनको माग गरेको हो ।  

कहिले हुँदैछ धितोपत्र बोर्ड अध्यक्षको आवेदनको सर्टलिष्ट ?
STOCK MARKET

कहिले हुँदैछ धितोपत्र बोर्ड अध्यक्षको आवेदनको सर्टलिष्ट ?

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षका लागि परेका आवेदनहरुको लागि सर्टलिष्ट गर्ने काम अझै केही समय लाग्ने भएको छ । हाल विदेश भ्रमणमा रहेका अर्थ सचिव कृष्ण हरी पुष्कर फर्के पछि धितोपत्र बोर्डको अध्यक्षको लागि दिएको आवेदनको सर्टलिष्टको काम हुने भएको छ । अर्थमन्त्रालय स्थित वित्तिय महाशाखामा प्रमूख नारयण रिसालले दिएको जानकारी अनुसार हाल अर्थ सचिव विदेश भ्रमणमा छन् । ‘अर्थ...

७ महिनामा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासन, हकप्रद मात्रै रु.९ अर्ब ८० करोड
STOCK MARKET

७ महिनामा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासन, हकप्रद मात्रै रु.९ अर्ब ८० करोड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्षको ७ महिनामा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासनको अनुमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सेबोनले माघ महिनासम्म साधारण सेयर, हकप्रद, म्युचुअल फण्ड र डिबेञ्चर गरी २४ अर्ब ७७ करोड रुपैयाँमाथिको धितोपत्र निष्कासनको अनुमति दिएको हो ।  बोर्डले ५ वटा कम्पनीलाई हकप्रद, ६ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ),...

अर्थमन्त्री तातेसँगै सामूहिक लगानीकोषका सञ्चालक उत्साहित, सेयर बजारमा लगानी बढाउन थाले
STOCK MARKET

अर्थमन्त्री तातेसँगै सामूहिक लगानीकोषका सञ्चालक उत्साहित, सेयर बजारमा लगानी बढाउन थाले

काठमाण्डौ । विगत ३० महिनादेखि घट्दो अवस्थामा रहेको नेपाली पुँजीबजार सुधारिने संकेत देखिन थालेको छ । नयाँ सत्ता समिकरणसँगै अर्थमन्त्री फेरबदलले बजार उकासिने सम्भावना बढ्दै गएको हो । अर्थमन्त्रीमा वर्षमान पुनको आगमनसँगै सेयरबजारमा क्रमशः सुधार देखिन थालेको छ ।  अर्थमन्त्री पुनले सेयरबजारसँग सम्बद्ध प्रमुख तीनवटै सरकारी निकायसँग बजारका समस्या, तिनको समाधान र यो...

सेबोनले दियो पौने २५ अर्बको धितोपत्र निष्कासनको अनुमति, ६५ अर्बको आईपीओ सूचीकृत
STOCK MARKET

सेबोनले दियो पौने २५ अर्बको धितोपत्र निष्कासनको अनुमति, ६५ अर्बको आईपीओ सूचीकृत

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्षको ७ महिनासम्ममा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासनका लागि अनुमति दिएको छ ।  बोर्डले माघ महिनासम्ममा विभिन्न कम्पनीहरुलाई कुल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको साधारण सेयर, डिबेञ्चर, हकप्रद सेयर र म्युचुअल फण्ड जारी गर्न अनुमति प्रदान गरेको हो ।  

लोअर ईखुवा हाईड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन
STOCK MARKET

लोअर ईखुवा हाईड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन

काठमाण्डौ । लोअर ईखुवा हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै फागुन ११ गते आवेदन दिएको हो ।  

धितोपत्र बोर्डको अध्यक्षमा बोर्ड भित्रैबाट ३ जना आकांक्षी, नयाँ अध्यक्ष पाउन नयाँ वर्ष नै कुर्नुपर्ने !
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्षमा बोर्ड भित्रैबाट ३ जना आकांक्षी, नयाँ अध्यक्ष पाउन नयाँ वर्ष नै कुर्नुपर्ने !

काठमाण्डौ । नेपाल सरकारले फागुन १६ गते देखि १५ दिनको म्याद राखेर बोर्ड अध्यक्षको आवेदन माग गरेको छ । नयाँ अध्यक्षको छनौटको दौड सुरु भएसँगै सम्भावित आकांक्षीबारे अड्कलबाजी हुन सुरु भएको छ । यसपालि पनि १५ देखि २० जनाको आवेदन पर्ने सम्भावना रहेको जानकार बताउँछन् । बोर्ड अध्यक्षको आवेदन माग हुँदा बोर्ड भित्रैबाट पनि आवेदन पर्ने गरेको छ । तर अहिलेसम्म बोर्ड भित्रैबाट बोर्ड...

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठको छनौट समितिले आज दरखास्त आह्वान गरेको हो ।  आवेदकको शैक्षिक योग्यता कम्तीमा स्नाकोत्तर गरेको र धितोपत्र बजार व्यवस्थापन,पूँजी बजार विकास,आर्थिक ,वित्तीय वाणिज्य,व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव...

सेयर बजारको चलखेललाई नियन्त्रण गर्न भारतमा एआईको प्रयोग,नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?
STOCK MARKET

सेयर बजारको चलखेललाई नियन्त्रण गर्न भारतमा एआईको प्रयोग,नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?

काठमाण्डौ । सेयर बजार निकै संवेदनशील क्षेत्र भएकाले कुनै साना हर्कतहरुले पनि यसमा यसलाई प्रभाव पार्ने गर्छ । मानिसहरुले विभिन्न हत्कन्डा अपनाएर सेयर बजारबाट अनूचित लाभ लिईरहेका हुन्छन् । सेयर बजारमा चलखेल गर्ने विषय नेपाल लगायत विभन्न विकसीत देशहरुमा समेत हुने गरेको देख्न र सुन्न पाइन्छ । प्राय:सबै लगानीकर्ता सेयर बजारको प्राविधिक ज्ञान र यसको कारोबार बारे राम्रोसँग...

बोर्ड अध्यक्षविहिन बन्दा सेयर निष्कासन अनुमति प्रभावित
STOCK MARKET

बोर्ड अध्यक्षविहिन बन्दा सेयर निष्कासन अनुमति प्रभावित

काठमाण्डौ । पूँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड अध्यक्षविहिन बन्दा आईपीओ ,हकप्रद,एफपीओ,ऋणपत्र,म्युचुअल फण्ड लगायतका धितोपत्रको निष्कासन अनुमति प्रक्रिया रोकिएको छ । बोर्ड नेतृत्वविहिन बनेसँगै नयाँ धितोपत्र निष्कासनको अनुमति ठप्प बनेको हो ।  निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुस २० गते सकिएपछि धितोपत्र बोर्ड अध्यक्षविहिन अवस्थामा छ। अध्यक्षविहिन...

धितोपत्र बोर्डको ४२.५६ करोड तीन बर्ष देखि फसेको फस्यै, न पायो जग्गा न आयो पैसा
STOCK MARKET

धितोपत्र बोर्डको ४२.५६ करोड तीन बर्ष देखि फसेको फस्यै, न पायो जग्गा न आयो पैसा

काठमाण्डौं । धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुबाट उठाएको ४२ करोड बढी रुपैयाँ तीन बर्ष देखि फसेको छ । तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाको समयमा उक्त रकम आफ्नै भवन निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न काठमाण्डौ उपत्यका विकास प्राधिकरणलाई दिइएको थियो । काठमाण्डौंको कागेश्वरी मनोहरामा ७ रोपनी जग्गा खरिदको लागि उक्त रकम दिइएको थियो । तर तीन बर्ष...

आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन
STOCK MARKET

आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई हाईड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् । सेबोनमा हिम रिभर पावर लिमिटेड र पियोर इनर्जी लिमिटेडले आवेदन दिएका  हुन् ।  हिम रिभर पावरले माघ २८ गते र पियोर इनर्जीले माघ २९ गते आईपीओ निष्कासनको अनुमति माग आवेदन दिएका हुन् ।

नेप्सेमा ६ महिनाको अवधिमा ८०.६१ अर्ब रुपैयाँको धितोपत्र सूचीकृत
STOCK MARKET

नेप्सेमा ६ महिनाको अवधिमा ८०.६१ अर्ब रुपैयाँको धितोपत्र सूचीकृत

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६४ अर्ब ९५ करोड रुपैयाँबराबरको साधारण सेयर, रु.९ अर्ब ५३ करोड बराबरको बोनस शेयर, रु.६ अर्ब १० करोड बराबरको हकप्रद शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।  

६ महिनामा २४.७८ अर्ब रुपैयाँबराबरको धितोपत्र निष्कासनको अनुमति
STOCK MARKET

६ महिनामा २४.७८ अर्ब रुपैयाँबराबरको धितोपत्र निष्कासनको अनुमति

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कुल २४ अर्ब ७८ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले समीक्षा अवधिमा.९ अर्ब ८० करोड बराबरको साधारण सेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको...

डेढ महिना देखि अध्यक्षविहिन रहेको धितोपत्र बोर्डको आवेदनमा नै अलमल, को-को छन् चर्चामा ?
STOCK MARKET

डेढ महिना देखि अध्यक्षविहिन रहेको धितोपत्र बोर्डको आवेदनमा नै अलमल, को-को छन् चर्चामा ?

काठमाण्डौ । धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्ड  गत पुस २० गतेदेखि अध्यक्षविहिन रहेको छ । हाल धितोपत्र बोर्डका बरिष्ठ अधिकारी नबराज अधिकारीलाई निमित्तको अधिकार सुम्पिएको छ । त्यस लगतै अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादूर श्रेष्ठको संयोजकत्वमा तीन सदस्य समिति बनेको छ ।  तर समितिले डेढ महिना वितिसक्दा पनि अध्यक्ष पदका लागि...

सेबोनमा अध्यक्ष नहुँदा बजारमा अराजकता: घोषणा गरेरै हुन थाल्यो चलखेल
STOCK MARKET

सेबोनमा अध्यक्ष नहुँदा बजारमा अराजकता: घोषणा गरेरै हुन थाल्यो चलखेल

काठमाण्डौ । पुस २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन छ । हाल धितोपत्रका बोर्डका बरिष्ठ अधिकारी डा. नबराज अधिकारीलाई दैनिक प्रशासन चलाउने गरी निमित्त तोकिएको छ ।  पूर्ण अधिकारप्राप्त अध्यक्ष नभएको मौका छोपेर सेयर बजारमा तीव्र चलखेल र  इन्साइडर ट्रेडिङ हुन थालेको छ । गैरकानूनी गतिविधि तीव्र भएका गुनासा लगानीकर्ताहरुले दैनिकजसो गरे पनि कामचलाउ अध्यक्षले सुन्ने हिम्मत...

ब्रोकरले असूल्दै आएका चर्को कमिसन घटाउने तयारी अर्थमा गएर तुहियो, प्रतिवेदन रद्दीको टोकरीमा
STOCK MARKET

ब्रोकरले असूल्दै आएका चर्को कमिसन घटाउने तयारी अर्थमा गएर तुहियो, प्रतिवेदन रद्दीको टोकरीमा

काठमाण्डौ । अर्थमन्त्रालयले चासो नदिएपछि सेयर कारोबार गर्दा लगानीकर्ताहरुले ब्रोकरलाई तिर्दै आएको चर्को कमिसन तत्कालका लागि नघट्ने देखिएको छ ।  अर्थमन्त्रालयका अधिकारीहरु लाखौं लगानीकर्ताहरुको हितलाई बिर्सिएर सीमित संख्याका ब्रोकरहरुको हितमा मात्र केन्द्रीत हुँदा ब्रोकर कमिसन घटाउने गरी अन्तिम अवस्थामा पुगेको तयारी समेत तुहिएको छ । अब ब्रोकर कमिसन तत्काल घट्ने...

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र
STOCK MARKET

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्वेवारी दिएको हो ।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.