नेपाल राष्ट्र बैंकको निर्णय: धनतेरसमा सुन होइन, चाँदीका सिक्का मात्रै बिक्री
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यस वर्षको धनतेरसमा सुनका असर्फी बिक्री नगर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले नयाँ असर्फी छाप्न नपाएकाले यसपटक सर्वसाधारणलाई बिक्रीका लागि उपलब्ध गराउन नसकिने भएको हो।टक्सार महाशाखा प्रमुख प्रतिभा अधिकारीका अनुसार यसपालि चाँदीका सिक्का भने खरिद गर्न पाइनेछ। “केन्द्रीय बैंकले चार प्रकारका चाँदीका सिक्का बिक्री गरिरहेको छ,” अधिकारीले...