डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.६३ रुपैयाँ र बिक्रीदर १४१.२३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम थियो ।