सुनको मूल्य सामान्य घट्यो, चाँदीको भने बढ्यो
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा भईरहेको छ ।