बैंकलाई सेयरमा लगानी गर्ने अवधि ६ महिनाबाट ४५ दिनमा झारियो, कारोबारको जोखिम नियन्त्रण गर्न राष्ट्र बैंकको कडा सर्त
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर र डिबेन्चरमा लगानी गर्नुपर्ने न्यूनतम अवधि ६ महिनाबाट घटाएर ४५ दिन बनाएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थालाई जारी एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यसबाट बैंक तथा वित्तीय संस्थाको पुँजीबजारमा लगानी गर्ने समयसम्बन्धी प्रतिबन्ध खुकुलो भएको छ।राष्ट्र...

