ग्लोबल आइएमई बैंकको एजीएमबाट लाभांश पारित, के भने अध्यक्षले ?
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश(करसहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।

