कालिञ्चोक दर्शनले आज साधारण सभा आयोजना गर्ने, लाभांश पारित मुख्य प्रस्ताव
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश पारित गर्न आज साधारण सभा आयोजना गर्दैछ । कम्पनीको ११ औं वार्षिक साधारण सभा गौशालामा रहेको बद्रिनाथ होटलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।सभामा सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

